आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

समाधान संवाददाता २०८२ भदौ २५ गते १३:२५

काठमाडौँ ।

नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो ।

हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको छ । हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन पनि सेनाले आग्रह गरेको छ । सेनाले सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न अनुरोधसमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया