पोखरामा जलेका घरबाट २ महिलाको शव निकालियो

पोखरा — जेनजी आन्दोलनका क्रममा मंगलबार जलाइदिएको गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ । प्रहरीले बुधबार बिहान जलेको अवस्थामा शव भेटिएको जनाएको छ ।
यस्तै, विन्दुकुमारका भाइ ध्रुव थापाको नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूमभित्र पनि अर्को महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शव पूरै जलेको अवस्थामा भेटिएको हो ।
आन्दोलनकारीले मन्त्री थापाको निजी निवास, अंशुभरा ग्रुप, बगैंचा रिसोर्ट र उनका भाइ ध्रुव थापाको भर तथा गाडीको स्वरूममा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
मंगलबारै पोखराका प्रमुख सरकारी कार्यालय र सरकारी निवासका साथी जलेका थिए भने आक्रोशित भीडले मेयर धनराज आचार्य, नेता राजीव पहारी, भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टमा समेत तोडफोड र आगजनी गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया