प्रधान सेनापतिले जेन–जीलाई रास्वपा र दुर्गा प्रसाईँसँग वार्तामा बस्न आग्रह गरेको खुलासा

समाधान संवाददाता २०८२ भदौ २५ गते १६:४७

काठमाडौँ । जेन–जी आन्दोलनको अग्रपङ्क्तिमा सक्रिय रहेका युवालाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र दुर्गा प्रसाईँसँग वार्तामा बस्न आग्रह गरेको खुलासा भएको छ ।

जेन–जी पुस्ताका प्रतिनिधिमध्येकी रक्षा बमले बुधबार मात्रै प्रधान सेनापति सिग्देलसँग भएको छलफलका क्रममा सो आग्रह आएको जानकारी दिएकी हुन् ।

उनका अनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न बोलाइएका बेला प्रधान सेनापति सिग्देलले रास्वपा र प्रसाईँसँग पनि वार्ता गर्न सुझाव दिएका थिए ।

Advertisement

रक्षाले सेनापतिको प्रस्ताव अस्वीकार गर्दै आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको उल्लेख गरेकी छन् । उनले अब प्रदर्शनकारी जेन–जी समूहसँग छलफलको तयारी भइरहेको पनि बताएकी छन् ।

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हुन् भनेर स्वयम् प्रधान सेनापतिले भनेपछि जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै सेनाको मुख्यालयबाट बाहिरियौँ,’ रक्षाले भनिन्, ‘अब हामी प्रदशनकारी जेन–जी समूहसँग छलफलका लागि तयारी गर्दैछौँ ।’

Advertisement

तपाईको प्रतिक्रिया