जेन–जी भन्छन् : सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार

काठमाडौं । करिब चार घण्टा लामो जुम बैठकपछि जेन–जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव अघि सारेको छ ।
बैठकमा सहभागी युवाहरूले कुनै पनि राजनीतिक दलसँग आबद्ध व्यक्तिले वार्ता वा नेतृत्व लिन नहुने अडान राख्दै हाल नागरिक अभियन्ता समेत रहेकी कार्कीलाई साझा नेतृत्वको रूपमा अघि सार्ने निष्कर्ष निकालेका हुन् ।
भर्चुअल छलफलमा जेन–जी पुस्ताले भनेका छन्, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ । त्यसपछि बालेन शाह र सागर ढकालहरू पनि विकल्पका रूपमा हुनुहुन्छ । अहिलेको परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गर्न सक्नुहुन्छ ।”
बैठकमा उनीहरूले कार्कीभन्दा उपयुक्त र सर्वमान्य अर्को व्यक्ति अहिले नभएको भन्दै उनको नाममा औपचारिक नोटिस निकाल्न र घोषणा गर्नुपर्ने धारणा राखेका छन् ।
जेन–जी समूहले छलफलमा सर्वमान्य एजेन्डा र सबैले पत्याउने नेतृत्व हुनुपर्ने अडान दोहोर्याएको छ । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र दुर्गा प्रसाईँसँग वार्तामा बस्न सुझाव दिएको खुलासा भएको थियो ।







मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया