गङ्गा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
समाधान संवाददाता
२०८२ भदौ २६ गते ६:२३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिए ।
उनले भने , “जलेको अवस्थामा निजको शव भेटिएको थियो । मृतकले लगाएका कपडा र घडीका आधारमा आज पहिचान खुलेको हो ।”
मृतकको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो जेन–जी प्रदर्शन उग्र बनेपछि दाहालको घरमा आगजनी गरिएको थियो । रासस
सम्बन्धित






पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया