गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन् : संयम, संवाद र एकतामार्फत मुलुक पार लगाउनुपर्ने घडी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई पार लगाउन सकिने बताएका छन् ।
भदौ २३ र २४ गते जेनजी युवाले सञ्चालन गरेको आन्दोलनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे मुख्यमन्त्री पाण्डेले गहिरो शोक व्यक्त गरेका छन् । उनले जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मुख्यमन्त्री पाण्डेका अनुसार भदौ २३ को अत्यधिक बल प्रयोगले ठूलो मानवीय क्षति पु¥याएको र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको छ । संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सरकारी निवास र निजी सम्पत्तिमा भएको क्षति दुःखद र निन्दनीय भएको उनको भनाइ छ ।
गण्डकी प्रदेश सरकार घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतामाथि भएको आक्रमणलाई अमानवीय भन्दै मुख्यमन्त्री पाण्डेले गहिरो खेद प्रकट गरेका छन् । उनले देउवा दम्पतीलगायत आक्रमणमा परेकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
“यस्तो परिस्थितिबाट देशलाई निकाल्ने बाटो संवाद र एकता मात्रै हो । राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकारले स्वागत गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत् सबैको सहकार्य अपरिहार्य छ ।”
मुख्यमन्त्री पाण्डेले युवापुस्ताको आकांक्षा र भावनालाई आत्मसात गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भदौ २३ को बल प्रयोग र त्यसपछिका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
“शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री पाण्डेले हालको घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको उल्लेख गर्दै अबको जिम्मेवारी जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यमार्फत पुनर्निर्माण र स्थायित्वमा अघि बढ्नु पर्ने बताए ।
“गण्डकी प्रदेश सरकार घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु,” मुख्यमन्त्री पाण्डेले भनेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया