हिंसामा महिला

समाधान संवाददाता २०८२ भदौ २६ गते १०:४४
{"caption":"\u092a\u094d\u0930\u0924\u093f\u0915\u093e\u0924\u094d\u092e\u0915 \u0924\u0938\u094d\u092c\u093f\u0930\n","photographer":"","alt_text":""}

गलकोट (बागलुङ) ।

केहि समय पहिले अत्यधिक ज्वरो आयो भनेर उपचारका लागि अस्पताल आएकी एक १३ वर्षीया बालिकाले असुरक्षित गर्भपतन गरेको पाइयो । यो कुरा परिवारलाई जानकारी नै थिएन । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमिट ढुङ्गाना भन्छन्,“उनले आफ्ना प्रेमीसँग मिलेर असुरक्षित गर्भपतन गराएकी रहिछन् । लामो समयको मनोपरामर्शपछि स्वास्थ्यकर्मीलाई बताउँदा स्वास्थ्यमा गम्भीर समस्या भइसकेको थियो ।”

अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले यस्तै समस्या लिएर आउनेहरूलाई मनोपरामर्श, उपचार र पुनस्थापनाको काम गर्दै आएको छ । पेट दुख्यो, ज्वरो आयो भन्दै अस्पताल आउनेहरूको उपचारका क्रममा श्रीमान्, घरपरिवार र प्रेमीबाट हिंसामा परेको खुल्ने गरेको डा ढुङ्गानाको भनाइ छ । यसरी हिंसामा पर्नेमा अधिकांश दलित समुदायका महिला छन् ।

Advertisement

अस्पतालले आर्थिक वर्ष २०७९/२०८०मा एक सय छ जना हिंसापीडित महिलाको उपचार गरेको छ । जसमध्ये २८ जना बलात्कारमा परेका थिए भने १० जना शारीरिक र ४० जना मानसिक रूपमा समस्यामा रहेको तथ्याङ्क छ । यस्तै, आव २०८०/२०८१ मा पनि एक सय छ जना हिंसापीडित महिला उपचारका लागि आएका थिए । तीमध्ये ११ जना बलात्कार, १८ जना शारीरिक र ५५ जना मानसिक स्वास्थ्यसम्बन्धी उपचारका लागि आएका थिए ।

यसैगरी, आव ०८१/०८२ मा उपचारमा आएका ७६ जना महिलामध्ये १९ जना बलात्कार, ३४ शारीरिक र १५ जना मानसिक समस्या भोगेकाहरू थिए । महिला मात्र होइन, उपचार गर्न आउनेमा हिंसामा परेका पुरुष पनि छन् । आव २०७९/२०८० मा १६, २०८०/२०८१ मा १६ र २०८१/२०८२ मा १२ जना हिंसापीडित पुरुषको उपचार गरिएको तथ्याङ्क छ । उमेर समूहअनुसार सबैभन्दा बढी हिंसामा पर्ने १९ देखि ४९ वर्षका रहेका सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिए ।

Advertisement

सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसापीडित र प्रभावितका लागि निशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान हुँदै आएको भन्दै उनले यसबारे जानकारी नहुँदा धेरै पीडित नागरिक सेवाबाट वञ्चित रहेको बताए।

तपाईको प्रतिक्रिया