राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य हुँदैन : बृहत नागरिक आन्दोलन

काठमाडौं ।
बृहत नागरिक आन्दोलनले नेपाली सेनाको सक्रियतामा राजतन्त्र पुनःस्थापना गर्ने र धर्मनिरपेक्षता खारेज गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रकारको षडयन्त्र स्वीकार्य नहुने स्पष्ट गरेको छ ।
आन्दोलनले बिहीबार विज्ञप्ति जारी गर्दै ‘प्रतिक्रान्तिलाई परास्त गरौँ’ भन्ने आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले के स्पष्ट हुँदैछ भने जेन–जी आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पटक्कै स्वीकार्य छैन ।’
नागरिक आन्दोलनले जेन–जी आन्दोलनको म्यान्डेट गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्ने नभएको उल्लेख गरेको छ । विज्ञप्तिमा जेन–जीले सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने चाहनाका लागि आन्दोलन नगरेको स्पष्ट गरिएको छ ।
‘जेन–जीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि नै संगठित रूपमा तयारी गरेअनुसार नागरिकमाथि भौतिक, आर्थिक र मानसिक दमन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ ।
संविधानले दिएको जिम्मेवारी र जेन–जी आन्दोलनले देखाएको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै सेनाले आफ्नो भूमिका पूरा गर्नुपर्ने आन्दोलनको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै प्रकारको अन्तरक्रिया बन्द गरोस्, र आगामी छलफल तथा कार्यक्रमहरू राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र होऊन् ।’








माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया