नेपाल प्रहरीको अनुरोध : आन्दोलनमा लिइएका हतियार तत्काल बुझाउनू

समाधान संवाददाता २०८२ भदौ २६ गते १३:५९

पोखरा । नेपाल प्रहरीले आन्दोलनका क्रममा सुरक्षा निकायका हतियार लिइएको भए तत्काल बुझाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सूचना जारी गर्दै यसबारे सार्वजनिक अपिल गरेको हो ।

सूचनामा भनिएको छ, ‘आन्दोलनका क्रममा यदि सुरक्षा निकायका हतियार खोसिएका वा लिइएका छन् भने तिनीहरूलाई ढिलाइ नगरी नजिकैको प्रहरी कार्यालय वा स्थानीय प्रशासनमा बुझाउन सबैलाई अनुरोध गर्दछौँ ।’

प्रहरीले सम्बद्ध व्यक्तिहरूलाई कानुनी जटिलता र दुर्घटनाबाट बच्न सचेत गराउँदै हतियार जस्तो संवेदनशील वस्तु गैरजिम्मेवार रूपमा प्रयोग वा राख्न नहुने उल्लेख गरेको छ ।

Advertisement

यसअघि केही प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट हतियार खोसिएको वा हराएको आशंका गरिएको थियो । त्यसैले प्रहरीले आम नागरिकलाई पनि यसबारे जानकारी भए तत्काल सूचित गर्न आग्रह गरेको छ ।

प्रहरीले कानुनको दायरामा रहेर आन्दोलन गर्न सबैलाई आह्वान गर्दै असंवैधानिक गतिविधिमा संलग्न नहुन सचेत गराएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया