संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा

काठमाडौं । मुलुकमा पछिल्ला दिनमा राजनीतिक अनिश्चितता गहिरिँदै गएको र नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेको सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी पुस्ताको म्यान्डेटअनुसार सरकार गठन हुनुपर्ने धारणा राखेका छन् ।
महामन्त्री थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै पछिल्लो परिवर्तनका वास्तविक संवाहक जेन–जी पुस्ता भएको उल्लेख गरे । उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्ने कुरा तपाईंहरूको भावनाअनुसार सरकार बनाउने कुरा ठीक छ । त्यो सरकारले काम गरोस्, हामी त्यही बाटोमा जान तयार छौँ ।’
उनले जेन–जी पुस्ताले देशलाई नयाँ दिशा दिन निर्णायक भूमिका खेलेको बताउँदै त्यही कारण उनीहरूको नेतृत्वलाई स्वीकार गर्नुपर्ने धारणा सार्वजनिक गरे । थापाले भने, ‘यो आन्दोलन तपाईंहरूको बलिदान र इच्छाशक्ति बाट आएको हो । त्यसैले सरकार पनि तपाईंहरूको भावना र आकांक्षा अनुसार बन्नुपर्छ ।’
तर, उनले नयाँ सरकार गठन गर्दा संविधानलाई आधार मान्नुपर्ने जोड दिए । सन्तुलन मिलाएर तयार गरिएको संविधानले दिएको अधिकार कटौती गरेर अघि बढे देश फेरि संकटमा फस्न सक्ने चेतावनी उनले दिए । ‘संविधानलाई आधार नबनाई अगाडि बढ्ने हो भने भोलिका दिनमा हामी सबैले सम्हाल्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।
थापाले जेन–जी पुस्तालाई शान्तिपूर्ण र संविधानसम्मत बाटोबाट सरकार गठनमा सहयोग पुर्याउन पनि आग्रह गरे । उनका अनुसार आन्दोलनको म्यान्डेटलाई कमजोर बनाउने वा त्यसलाई प्रतिक्रान्तिकारी शक्तिले कब्जा गर्ने सम्भावना हटाउनका लागि पनि संविधानभित्रै समाधान खोजिनुपर्छ ।
उनले अन्त्यमा भने, ‘हामी पछाडि बस्न तयार छौँ । तपाईंहरू अगाडि आउनुस्, देशलाई नयाँ बाटो दिनुस् । तर त्यो बाटो संविधानअनुसार र सबैलाई समेटेर हुनुपर्छ ।’







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया