राष्ट्रपति पौडेलद्वारा शान्ति र सुव्यवस्था कायम गर्न अपिल, राजनीतिक निकासका लागि छलफल जारी

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर राजनीतिक निकास दिन र लोकतन्त्रको संरक्षण गर्न आफू प्रयासरत रहेको बताएका छन्। उनले मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षलाई सहयोगको लागि अपिल पनि गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न तथा समस्याको निदान खोज्न आफूले सबै राजनीतिक दल र सरोकारवाला पक्षहरूसँग विचारविमर्श गरिरहेको जनाएका छन्। उनले मुलुकको जटिल अवस्थामा द्रुत गतिमा समस्या समाधान गर्ने र संयमतापूर्वक शान्ति कायम गर्ने काममा सहयोग गर्न आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार, देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतालाई अक्षुण्ण राख्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको छ। राष्ट्रपतिले विभिन्न पक्षहरूसँगको छलफलबाट मुलुकलाई सही दिशामा लैजाने प्रयास भइरहेको र यसमा सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे।
हालैका राजनीतिक घटनाक्रम र जनआन्दोलनका कारण मुलुकमा देखिएको अन्योलताका बीच राष्ट्रपतिको यो अपिल महत्त्वपूर्ण मानिएको छ।










सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया