बुल्दीखोलामा महिलाको शव फेला
समाधान संवाददाता
२०८२ भदौ २६ गते १६:२३

दमौली ।
तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा आज एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको हो ।
पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिए ।
निजको शवपरीक्षणका लागि अस्पातलमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । उनले भने, “शरीरको माथिल्लो भागमा भेन्टा रङको टिसर्ट लगाएको, उक्त टिसर्टको अगाडि सेतो खैरो रङको गुडियाको चित्र भएको, उचाइ पाँच फिट दुई इन्च भएको महिलाको सनाखतको प्रयास भइरहेको छ ।”
सम्बन्धित







थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया