संविधानको बाटोबाटै निकास खोज्न कांग्रेस गण्डकीको आग्रह

पोखरा ।
कांग्रेस गण्डकीले संविधानको संरक्षण गर्दै संवैधानिक बाटोमार्फत मात्र समस्या समाधान गर्न सकिनेमा जोड दिएको छ । साथै, सम्पूर्ण पार्टी कार्यकर्ता तथा नागरिकलाई आपसी सद्भाव कायम राखी धैर्यपूर्वक रहन पार्टीले हार्दिक आग्रह गरेको छ ।
गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा जेन–जी समूहद्वारा भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा दिवंगत भएका युवा साथी, नागरिक तथा सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । पार्टीले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएकाहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शर्माले आन्दोलनका क्रममा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जेन–जी युवाहरूले उठाएका सुशासन कायम गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने र संवैधानिक व्यवस्थामा सुधार ल्याउने मागप्रति समर्थन जनाएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक व्यक्तित्वमाथि भएको सांघातिक आक्रमणप्रति दुःख र खेद व्यक्त गरिएको छ । त्यस्तै, आन्दोलनमा राजनैतिक घुसपैठका कारण सरकारी तथा निजी भौतिक संरचनामा भएको क्षति र आगजनीप्रति चिन्ता प्रकट गर्दै यस्ता घटनाको न्यायिक छानबिन हुनुपर्नेमा जोड दिइएको छ ।
“देशको यो विषम परिस्थितिमा सुशासन कायम गर्न र जेन–जीले उठाएका जायज माग सम्बोधन गर्न संवैधानिक बाटो अवलम्बन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “गैरसंवैधानिक गतिविधितर्फ लाग्दा देशमा भयावह अवस्था सिर्जना हुनसक्छ र आन्दोलनको उपलब्धि जोगाउन सकिँदैन ।”
कांग्रेस गण्डकीले संविधानको संरक्षण गर्दै संवैधानिक बाटोबाट मात्र निकास खोज्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयमित रहन अपिल गरेको छ ।










सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया