संविधानको बाटोबाटै निकास खोज्न कांग्रेस गण्डकीको आग्रह

पोखरा ।
कांग्रेस गण्डकीले संविधानको संरक्षण गर्दै संवैधानिक बाटोमार्फत मात्र समस्या समाधान गर्न सकिनेमा जोड दिएको छ । साथै, सम्पूर्ण पार्टी कार्यकर्ता तथा नागरिकलाई आपसी सद्भाव कायम राखी धैर्यपूर्वक रहन पार्टीले हार्दिक आग्रह गरेको छ ।
गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा जेन–जी समूहद्वारा भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा दिवंगत भएका युवा साथी, नागरिक तथा सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । पार्टीले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएकाहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शर्माले आन्दोलनका क्रममा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जेन–जी युवाहरूले उठाएका सुशासन कायम गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने र संवैधानिक व्यवस्थामा सुधार ल्याउने मागप्रति समर्थन जनाएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक व्यक्तित्वमाथि भएको सांघातिक आक्रमणप्रति दुःख र खेद व्यक्त गरिएको छ । त्यस्तै, आन्दोलनमा राजनैतिक घुसपैठका कारण सरकारी तथा निजी भौतिक संरचनामा भएको क्षति र आगजनीप्रति चिन्ता प्रकट गर्दै यस्ता घटनाको न्यायिक छानबिन हुनुपर्नेमा जोड दिइएको छ ।
“देशको यो विषम परिस्थितिमा सुशासन कायम गर्न र जेन–जीले उठाएका जायज माग सम्बोधन गर्न संवैधानिक बाटो अवलम्बन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “गैरसंवैधानिक गतिविधितर्फ लाग्दा देशमा भयावह अवस्था सिर्जना हुनसक्छ र आन्दोलनको उपलब्धि जोगाउन सकिँदैन ।”
कांग्रेस गण्डकीले संविधानको संरक्षण गर्दै संवैधानिक बाटोबाट मात्र निकास खोज्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयमित रहन अपिल गरेको छ ।








माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया