संविधानविपरीत गतिविधि स्वीकार्य छैन : एमाले कास्की

पोखरा ।
नेकपा (एमाले) कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ । साथै, राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बिहीबार जारी गरेको विज्ञप्तिमा स्वाधीन, सार्वभौमसंपन्न लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै यस व्यवस्थालाई अझ उन्नत बनाउन सम्पूर्ण लोकतन्त्र पक्षधर दल र नागरिक समाजलाई लामबद्ध हुन आह्वान गरिएको छ ।
विज्ञप्तिमा जेन–जी आन्दोलनका क्रममा पोखरास्थित संघ, प्रदेश र जिल्लाका सरकारी कार्यालय, एमाले गण्डकी प्रदेश कार्यालय, जिल्ला तथा वडा कार्यालय, राजनीतिक नेताहरूको निजी आवास, उद्योगी व्यवसायीका प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीको घोर भर्त्सना गरिएको छ ।
त्यस्ता घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न र क्षतिग्रस्त निजी सम्पत्तिको न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन राज्यसमक्ष जोडदार माग गरिएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया