कठिन समयमा उच्च मनोबलका साथ शान्ति सुरक्षामा खटिनुहोस् : आइजिपी खापुङ

पोखरा ।
प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका साथ शान्ति सुरक्षामा जुट्न सम्पूर्ण प्रहरीलाई निर्देशन दिएका छन् । बिहीबार भिडियो सन्देशमार्फत उनले मानिसको वास्तविक पहिचान कठिन समयमा नै हुने भन्दै व्यावसायिक निष्ठा र कर्तव्यपरायणताले नागरिकमा विश्वास जगाउने उल्लेख गरे ।
आइजिपी खापुङले प्रहरी संरचना क्षतविक्षत भएको, पोसाक जलेको, जीवनभरको कमाइ खरानी बनेको यथार्थ स्वीकार्दै पनि आफ्नो कर्तव्य सम्झेर साहसपूर्वक खटिरहेका प्रहरी सदस्यहरूप्रति गर्व व्यक्त गरे । “यो युगीन जिम्मेवारीको घडीमा हिजोभन्दा आज थप उच्च मनोबलका साथ जुट्न सबै प्रहरीलाई आग्रह गर्दछु,” उनले भने ।
पूर्वसुरक्षा प्रमुखहरूको अपिल : जिम्मेवार बन्न सबैलाई आग्रह
यसैबीच, नेपाल प्रहरी र सशस्त्र प्रहरीलेका पूर्वमहानिरीक्षकसहितका सुरक्षाकर्मीहरूले संयुक्त वक्तव्य जारी गरी कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।
पूर्वसुरक्षा प्रमुखहरूले इतिहासको निर्णायक घडीमा जिम्मेवार बन्न सबैलाई आह्वान गर्दै राज्यका कामकारबाहीविरुद्ध उठेका आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले विस्फोटक परिस्थिति निम्त्याउने चेतावनी दिएका छन् । साथै, गुम्सिएको जनआक्रोश एकाएक विस्फोटक बन्न सक्ने यथार्थलाई भुल्न नहुने महत्वपूर्ण पाठ भविष्यका लागि ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया