संविधानको रक्षार्थ संवादमार्फत निकास खोज्नुपर्ने कांग्रेस स्याङ्जाको आग्रह

स्याङ्जा ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापाले संविधानको रक्षार्थ वार्ता र संवादमार्फत मात्र समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले यस कठिन घडीमा सम्माननीय राष्ट्रपतिद्वारा सुरु गरिएको पहलको स्वागत गर्दै सबै पक्षसँग आवश्यक परामर्श गरेर संवैधानिक बाटोमै निकास दिनुपर्ने बताएका छन् ।
बिहीबार सार्वजनिक अपिल जारी गर्दै थापाले भाद्र २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले आन्दोलनका क्रममा भएको मानवीय क्षति, सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा पुगेको अकल्पनीय क्षति अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन् । साथै, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेतामाथि भएको आक्रमणप्रति खेद प्रकट गर्दै घोर निन्दा गरेका छन् ।
अपिलमा नेपाली सेना र सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै आम नागरिक, नागरिक समाज, सञ्चार माध्यम र अन्तर्राष्ट्रिय समुदायलाई समेत संवाद प्रक्रियामा साथ दिन अनुरोध गरिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया