भ्रामक समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

समाधान संवाददाता २०८२ भदौ २७ गते ९:५६

काठमाडौं । नेपाली सेनाले पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सम्प्रेषण भइरहेका सेनासम्बन्धी भ्रामक तथा झूटा समाचारप्रति सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनासम्बन्धी धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएका छन् । त्यसैले असत्य सूचना वा भ्रामक टिप्पणीमा विश्वास नगर्नुहोस ।’

विज्ञप्तिमा सेनाले आफ्ना गतिविधि पारदर्शी रूपमा प्रस्तुत भइरहेको भन्दै आधिकारिक सूचनाका लागि निर्देशनालय वा स्थानीय पृतना मुख्यालयहरूसँग समन्वय गर्न सकिने उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया