अन्तरिम सरकारबारे शीतल निवासको वार्ता सारियो, प्रक्रिया टुंग्याउन अझै अन्योल

काठमाडौं । अन्तरिम सरकार गठनका लागि शुक्रबार बिहान ९ बजेका लागि तय गरिएको राष्ट्रपति कार्यालय शीतल निवासको वार्ता आन्तरिक तयारीका कारण दिउँसो २ बजेका लागि सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार छलफल अझै पेचिलो मोडमा पुगेको छ र त्यसलाई व्यवस्थित पार्न समय आवश्यक देखिएकाले वार्ताको समय परिवर्तन गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारदेखि नै राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग अन्तरिम सरकार गठनबारे निरन्तर वार्ता गरिरहेका छन् । बिहीबार बेलुकीदेखि सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि निष्कर्षमा पुग्न सकेन । मुख्य विवाद अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति भए पनि संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानले अन्योल सिर्जना गरेको हो ।
वार्तामा सहभागी स्रोतका भनाइमा, ‘सहमति त कार्कीलाई नेतृत्व दिनेमा बनेको छ, तर संविधानले तोकेको बाटो कसरी पूरा गर्ने भन्ने टुंगो अझै लागेको छैन । यही कारण वार्ता लम्बिएको हो ।’
यसअघि बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) मा रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गरेर संवैधानिक जटिलता हल गर्न सकिने/नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग परामर्श गरेका थिए ।
जेनजी आन्दोलनमा संलग्न युवाहरू संसद् विघटन र त्यसपछिका राजनीतिक प्रक्रियालाई अस्वीकार गर्दै आएका छन् । उनीहरूको प्रमुख माग संविधानमै तोकिएको लोकतान्त्रिक मार्ग अवलम्बन गरी नयाँ राजनीतिक सहमति खोज्ने रहेको छ । यही दबाबबीच राष्ट्रपतिले शीतल निवासमा भइरहेको वार्तालाई निष्कर्षमा पुर्याउने प्रयास गरिरहेका छन् ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया