सिसिटिभी फुटेज छन्, कारबाहीको दायरामा ल्याउँछौंः कास्की सिडिओ

पोखरा ।
भदौ २३ र २४ गते जेन–जी सूहलले गरेको आन्दोलनका कारण कास्की जिल्लाका सरकारी कार्यालयहरू खरानी बनेका छन् । आगजनीपछिका दिनहरूमा अधिकांश कार्यालय अझै सामान्य सेवामा फर्कन सकेको छैन ।
तर, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् । उनका अनुसार कम जोखिम भएका कोठाबाट सेवा पुनः सुरु गरिनेछ ।
‘अत्यावश्यक सेवा सुरु गर्न निर्देशन भएको छ । सोही अनुसार हामीले अनुगमन गरेका छौं,’ सिडिओ शर्माले भनिन्, ‘चोरी भएका सामान फिर्ता गर्न आह्वान गर्छौं । त्यस्तो नभए, हामीसँग सिसिटिभी फुटेज पनि छ, दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ ।’
उनले कास्की कारागारबाट भागेका कैदीबन्दीलाई फर्काउने प्रक्रिया पनि अघि बढाइएको बताइन् । ‘कारागार मर्मत भइरहेको छ, बिजुली जडान भइरहेको छ । त्यसपछि कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरिनेछ,’ उनले स्पष्ट पारिन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया