नेपाली कांग्रेसद्वारा पोखरामा प्रदर्शन

पोखरा ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका छन् । संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिको भूमिकाबारे स्पष्टता, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्नुपर्ने भन्दै उनीहरूले चिप्लेुढुंगामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले वर्तमान संविधानभित्रै सबै समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए । कांग्रेस नेता कार्यकर्ताले जेन–जी आन्दोलनका नाममा सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका भवनहरूमा तोडफोड र आगजनीजस्ता गतिविधि भएको प्रति कडा आपत्ति जनाए ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य नेताहरूमाथि आक्रमण हुँदा कार्यकर्ताहरू चुप लागेर बस्न नहुने उल्लेख गर्दै पार्टी अनुशासनभित्रै रहेर प्रतिकार गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले संविधान र लोकतान्त्रिक प्रक्रियामाथि आघात पुर्याउने जुनसुकै प्रयासको विरोध गरिने चेतावनीसमेत दिएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया