कास्कीमा शुक्रबार साँझदेखि पनि कर्फ्यू

पोखरा,
जिल्ला प्रशासन कार्यालय कास्कीले हालैका घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक आदेश जारी गर्दै आज (२०८२ साल वैशाख २७ गते) साँझ ७:०० बजेदेखि भोलि (२०८२ साल वैशाख २८गते) बिहान ७:०० बजेसम्म सम्पूर्ण भेला, जुलुस, प्रदर्शन, सभा र बैठकमा रोक लगाएकी छन्।
विशेष गरी, जिल्ला प्रशासन ऐन, २०१८ को दफा ६ बमोजिम कास्की जिल्ला पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि ३३ सम्मका सम्पूर्ण क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, “कास्की जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट जिल्लामा हुन सक्ने विरोध प्रदर्शन, तोडफोड, हुलदङ्गाका कारण शान्ति सुरक्षालाई मध्यनजर गर्दै यो आदेश जारी गरिएको छ।”
कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन्।
प्रशासनले भोलि वैशाख २८ गते बिहान ७:०० बजेदेखि बिहान १०:०० बजेसम्म भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जानकारी पनि दिएको छ। यसबाट सर्वसाधारणलाई केही समयका लागि सामान्य आवतजावत गर्न सुविधा हुनेछ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया