नेपालकै पहिलो महिला प्रधानमन्त्रीले लिइन् शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि शीतल निवासमा शपथ गराएका छन् । संविधानको धारा ७६ अनुसार अहिलेसम्मका सबै सरकार गठन भएका भए पनि, जेन–जी आन्दोलनका बलमा बनेको यो सरकार अपवाद बनेको छ ।
यो सरकारले ६ महिनाभित्र संसदको चुनाव गराउनुपर्ने छ ।
शपथपछि कार्की सिंहदरबार प्रवेश गरी औपचारिक रूपमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने तयारीमा छिन् ।
यससँगै, कार्की नेतृत्वको मन्त्रिपरिषद् आजै विस्तार हुने भनिए पनि मन्त्री नियुक्त भने गरिएको छैन । ऊर्जा क्षेत्रमा सक्रियता देखाएका कुलमान घिसिङ, युवा नेता सुदन गुरुङ र संवैधानिक कानुनका विज्ञ ओमप्रकाश अर्याललाई मन्त्री बनाउने तयारी भएको चर्चा चलेको थियो ।
प्रधानमन्त्रीले सिंहदरबार पुगेपछि पहिलो मन्त्रिपरिषद् बैठक बस्ने र सो बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्ने बताइएको छ ।
संविधानको धारा ६१ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधानको संरक्षण गर्ने स्पष्ट व्यवस्था छ । तर, प्रधानमन्त्री नियुक्तिको प्रावधान भने सो धारामा उल्लेख नभएकाले, कार्कीलाई धारा–६१ मार्फत नियुक्त गर्नु संविधानमै अस्वाभाविक अभ्यासको रूपमा हेरिएको छ ।
युवाहरूको आन्दोलनको दबाबपछि बनेको कार्की नेतृत्वको यो सरकार आगामी दिनमा संवैधानिक र राजनीतिक रूपमा कसरी अघि बढ्छ भन्नेबारे चासो बढेको छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया