प्रतिनिधिसभा विघटन, फागुन २१ मा निर्वाचन

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । कार्कीले पदभार सम्हालेलगत्तै शुक्रबार राति आफ्नो पहिलो कदमस्वरूप संसद् विघटनको प्रस्ताव गरेकी थिइन् ।
शुक्रबार नै मन्त्रीहरु नियुक्त हुने आँकलन गरिए पनि त्यसो भने भने ।
राष्ट्रपतिले कार्कीको सिफारिस सदर गर्दै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा समेत गरेका छन् ।
भदौ २३ र २४ गत्ग युवापुस्ता (जेनजी)को आन्दोलनको दबाबमा कार्की प्रधानमन्त्री बनेकी हुन् । सञ्जालमै चलेको छलफलपछि जेनजीहरूले उनको नाम अघि सारेका थिए भने काठमाडौंका मेयर बालेन शाहले पनि समर्थन जनाएका थिए ।
शपथग्रहणका लागि शीतल निवास पुगेकी कार्कीले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीको पदको सपथ लिएपछि तत्कालै संसद् विघटन गर्ने सहमति कार्यान्वयन गरेकी हुन् ।
नवगठित मन्त्रिपरिषद्को पहिलो निर्णयमै जनप्रतिनिधिसभा विघटन गरिएको यसपटकको घटना नेपालको राजनीतिक इतिहासमा दुर्लभ मानिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया