ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।
सिआइबीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्यूरो एवं अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको जनाएको छ ।
यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ । यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत ब्यूरोद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।






पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया