काँग्रेससँग आँसु बगाउने वा पश्चातापमा समय खर्च अवस्था छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेससँग आँसु बगाउने वा पश्चातापमा समय खर्च गर्ने अवस्था नरहेको बताएका छन् । उनले पछिल्लो समय काँग्रेस नेपाली जनताको आकांक्षाअनुरूप खरो उत्रिन नसकेको स्वीकार गर्दै, अब प्रायश्चित गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
“यसका लागि गर्नुपर्ने प्रायश्चित हामी पछि पर्दैनौँ, गर्नुपर्छ,” कोइरालाले भने, “लोकतान्त्रिक इतिहासका योद्धा, नेता र सहिदलाई सम्झेर काँग्रेसले भावी बाटो तय गर्नुपर्नेछ ।”
जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै उनले समाज र नयाँ पुस्ताको परिवर्तन चाहनालाई काँग्रेसले आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनका अनुसार काँग्रेस अब तत्काल अभियानमा उत्रनु आवश्यक छ ।
“नेपाली समाजमा परिवर्तनको तीव्र चाहना छ । हाम्रा युवा आफ्नै देशमै समृद्ध भविष्य खोजिरहेका छन्,” उनले उल्लेख गरे, “काँग्रेस त्यही चाहनाको माध्यम बन्नुपर्छ भन्ने नागरिकको अपेक्षा छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ ।”
कोइरालाले जेनजी आन्दोलनका कारण भएको सरकारको विस्थापनलाई समयको पदचापअनुसार नहिँड्न जान्दाको परिणाम भनेका छन् । यस क्रममा काँग्रेसतर्फबाट केही रणनीतिक कमजोरी भएको स्वीकार पनि गरे ।
“समयको पदचापअनुरुप हिँड्न नसक्दा आन्दोलनले दुई ठूला दललाई सत्ताबाट बाहिर हुन बाध्य पार्यो,” उनले भने, “समाज र उर्जावान युवा एकातिर भए, तर काँग्रेसको सोच अर्कोतिर बग्यो । केही रणनीतिक गल्ती भए, हामी चुकेँ ।”
उनले अब काँग्रेसभित्र सत्ता सम्हाल्ने वा गुमाउने बहस समाप्त भएको भन्दै, जनताको विश्वास जित्ने दिशातर्फ लाग्नुपर्ने बेला आएको स्पष्ट पारे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया