कामना सेवा विकास बैंकले पोखराको ३० नम्बर वडालाई दियो कुर्सी
प्रहरीलाई कम्प्युटर र प्रिन्टर सहयोग

पोखरा ।
कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा महानगरपालिकाको वडा नम्बर ३० र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
जनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको वडा नम्बर ३० कार्यालयका सबै उपकरण र फर्निचर जलेर नष्ट भएका थिए । त्यस्तै, आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पनि क्षति पुगेको थियो ।
बैंकले सहयोग गरेका सामग्रीहरु कार्यालय संचालनका लागि अत्यावश्यक रहेको बताइएको छ । पोखरास्थित बैंकको ढुंगेपाटन शाखाकी प्रबन्धक लक्ष्मी ढकालले वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई टेबल र कुर्सी हस्तान्तरण गरिन् ।
वडाध्यक्ष सुवेदीले आन्दोलनले क्षति पु¥याएका संरचनामा सहयोग गरेर कार्यालय सञ्चालन गर्न मद्दत पु¥याएकोमा बैंकलाई धन्यवाद दिए । उनले अन्य सरोकारवालालाई पनि पुनर्निर्माणमा जुट्न आग्रह गरे ।
त्यसैगरी, बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरिबहादुर बस्नेतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे । आन्दोलनका कारण कार्यालय पूर्णरुपमा जलेर नष्ट भई कामकाज नै गर्न नसकिने अवस्थामा पुगेकोले तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले आन्दोलनबाट क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय र प्रहरी कार्यालयहरूलाई पुनर्निर्माण, मर्मतसम्भार तथा आवश्यक सामग्री प्रदान गर्न थालेको छ ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया