पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

पोखरा ।
असामान्य परिस्थितिका कारण बन्द रहेका पोखरा महानगरपालिकाभित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले दिएको जानकारीअनुसार, असामान्य परिस्थितिका कारण विगत केही समयदेखि विद्यालयहरू पूर्ण रुपमा बन्द भएका थिए । विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै र अहिलेको अवस्थालाई मूल्यांकन गरेर विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।
यो निर्णयअनुसार पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूले असोज १ गतेदेखि अनिवार्य रुपमा पठनपाठन सुचारु गर्नुपर्नेछ । अभिभावक, विद्यार्थी र विद्यालय सञ्चालकहरूलाई यस विषयमा जानकारी गराउन महानगरपालिकाले अनुरोध गरेको छ ।










धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया