पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

पोखरा ।
असामान्य परिस्थितिका कारण बन्द रहेका पोखरा महानगरपालिकाभित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले दिएको जानकारीअनुसार, असामान्य परिस्थितिका कारण विगत केही समयदेखि विद्यालयहरू पूर्ण रुपमा बन्द भएका थिए । विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै र अहिलेको अवस्थालाई मूल्यांकन गरेर विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।
यो निर्णयअनुसार पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूले असोज १ गतेदेखि अनिवार्य रुपमा पठनपाठन सुचारु गर्नुपर्नेछ । अभिभावक, विद्यार्थी र विद्यालय सञ्चालकहरूलाई यस विषयमा जानकारी गराउन महानगरपालिकाले अनुरोध गरेको छ ।








माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया