कार्यालय फर्कन खोजेपछि अनेरास्ववियु कार्यकर्ताले नै जलाइदिए अध्यक्ष सुजन कडरियाको नेमप्लेट
समाधान संवाददाता
२०८२ भदौ २८ गते १५:१५

काठमाडौं । अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन् । शनिबार उनीहरूको समूहले कडरियाको फोटोसमेत तोडफोड गरेको छ ।
जेन–जी आन्दोलन चर्किएपछि असुरक्षा भएको भन्दै कडरियाले भदौ २४ गते राजीनामा दिएका थिए । भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागी २४ जना युवा–विद्यार्थीको मृत्यु भएपछि पदमा बसिरहन नैतिकताले नदिएको उनको दाबी थियो ।
तर भोलिपल्टै उनले आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको भन्दै राजीनामा फिर्ता लिन खोजेका थिए । यद्यपि उनको राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन ।
कार्यकर्ताले भने ‘फर्केर पनि अखिलको कार्यालय नहेर्नु’ भन्दै उनलाई अस्वीकार गरिरहेका छन् ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया