गण्डकी मेडिकल कलेजमा घाइतेको निशुल्क उपचार, ७ जना उपचाररत

समाधान संवाददाता २०८२ भदौ २८ गते १६:२०

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी)ले जेन–जी आन्दोलनका क्रममा पोखरामा घाइते भएकाहरूको निशुल्क उपचार गरिरहेको छ। हालसम्म कलेजमा २६ जना घाइते उपचार गराएको कलेजका सूचना अधिकारी कृष्ण पौडेलले बताए । तीमध्ये धेरैजसो उपचारपछि घर फर्किसकेका छन्।

तीमध्ये सात जना अझै विभिन्न वार्डमा उपचाररत छन्। न्यूरो आइसियूमा दिपेश परियार छन्। हाडजोर्नी वार्डमा सुशान्त विक, विशाल अधिकारी, समिर अधिकारी र आशिष रानामगर उपचाररत छन्। यस्तै, सबिन गुरुङ र अनिश सापकोटा क्रमशः सर्जिकल र दन्त वार्डमा उपचार गराइरहेका छन्।

जिएमसीका अनुसार उपचाररत सबैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया