कपडा जलेपछि पोखराका सडकमा देखिएनन् ट्राफिक प्रहरी–सडक अस्तव्यस्त

समाधान संवाददाता २०८२ भदौ २८ गते १७:०४

पोखरा ।
जेन–जी पुस्ताले गरेको आन्दोलनले राज्यको सम्पत्तिमा ठूलो क्षति पु¥याएपछि २४ गते रातिदेखि देशभर कफ्र्यू र निषेधाज्ञा जारी भयो । शुक्रबार राति देशले नयाँ प्रधानमन्त्री पाएसँगै शनिबारदेखि पोखरामा सेनाले कफ्र्यू र निषेधाज्ञा हटाउँदै ब्यारेकमा फर्किएको छ ।

Advertisement


यद्यपि शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरी भने अझै काममा फिर्ता हुन सकेको छैन । विशेष गरी पोखरामा ट्राफिक प्रहरी नहुँदा शनिबार सडक अस्तव्यस्त बनेको छ । प्रहरी नदेखिँदा पृथ्वीचोक, सिर्जनाचोक, जिरोकिलोमिटर, महेन्द्रपुल, नदीपुरलगायतका ठाउँमा यातायात अस्तव्यस्त बन्यो ।


यस विषयमा समाधानले कास्कीका प्रहरी प्रमुख श्याम ओलियासँग सोध्दा उनले आन्दोलनका क्रममा ट्राफिक प्रहरीका पोशाक र सामग्री जलेका कारण सडकमा खटिन नसकेको बताए ।

Advertisement


‘प्रहरीको सबै सामान जलाइयो, यहाँसम्म कि कपडा खोलाएर पनि जलाइयो । त्यसैले अहिले तत्काल सडकमा ट्राफिक प्रहरी खटिन नसकेको हो,’ एसपी ओलियाले भने ।


उनका अनुसार कास्कीका अधिकांश प्रहरी कार्यालय र बिट तोडफोड र आगजनीमा भएको छ । ‘अहिले हामी सरसफाइमै छौं । छिट्टै नियमित सेवामा फर्कन्छौं,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया