कास्कीका निजी विद्यालयमा भदौ ३० गतेबाट पढाइ हुने
समाधान संवाददाता
२०८२ भदौ २८ गते १७:५९

पोखरा । कास्की जिल्लाभरका निजी विद्यालयमा भदौ ३० गतेबाट पढाइ हुने भएको छ । मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन अध्यक्ष हेमन्त अधिकारी, प्याब्सन अध्यक्ष षडानन्द गौतमले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको हो ।
जेन जी आन्दोलनका कारण कास्कीसहित देशभरका विद्यालयमा पढाइ ठप्प छ । जिल्ला प्रशासन कार्यालय कास्की द्वारा जारी गरीएको निषेधाज्ञा हटाइएको, यातायात आवत जावत, बजार सबै सामान्य अबस्थामा आइसकेकाले सोमबारबाट पढाइ थाल्ने निर्णय गरिएको प्याब्सन अध्यक्ष षढानन्द गौतमले जानकारी दिए ।
सरकारी विद्यालय भने असोज १ गतेबाट सञ्चालन गर्ने पोखरा महानगरले निर्णय गरेको छ ।

सम्बन्धित







पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया