लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीबाट जिप्रका कास्कीमा सिसिटीभी मर्मत र जडान

पोखरा । लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा मर्मत र नयाँ जडान गरेको छ ।
गत भदौ २४ गतेको जेनजीको आन्दोलनका क्रममा जिप्रका कास्कीमा आगलागीका कारण क्षती भएका सिसिटिभी लायन्स क्लबले मर्मत गरेको हो । हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ क्लबले शनिवार सिसिटीभी क्यामेरा मर्मत संगै नयाँ सिसिटीभी जडान गरेको लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए ।
जिल्ला प्रहरी कार्यालय सबै नागरिकालाई सुरक्षा प्रदान गर्ने स्थान भएकाले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप सहयोग गरिएको अध्यक्ष गोम्जा तामाङले सुनाए ।
उक्त कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान र मर्मत गरिएको सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयम्भु कुँवरले जानकारी दिए । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो । उक्त क्यामेराहरुको मर्मत संभार समेत लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले बताए ।
यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीले सिसिटीभी क्यामेरा जडान गरेको थियो । यस्तै अगामी दिनमा अन्य संघसंस्थामा पनि सहयोग गर्दै जाने अध्यक्ष गोम्जाले बताए ।







कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया