सुमना श्रेष्ठले छाडिन् रास्वपा, भनिन् : मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । पार्टी छोडेको औपचारिक जानकारी दिँदै उनले भनिन्, ‘अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडे ।’
श्रेष्ठले केन्द्रीय समितिलाई पठाएको पत्रमा पार्टी नेतृत्वले गल्ती गर्दै आए पनि कहिल्यै त्यसको जिम्मेवारी नलिने गरेको आरोप लगाएकी छन् । उनले लेखेकी छन्, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिरहनु पर्ने ?’ उनको भनाइमा, पार्टीभित्र आलोचना गर्ने सदस्यहरूलाई मिडियामार्फत अपमानित गर्ने र नेतामुखी प्रवृत्ति बढ्दै गएको छ ।
उनले थप भनिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ ।’
यसअघि उनले रास्वपाको सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यतिबेला सांसद भएकै कारण पार्टीको नियमित काममा समय दिन नसक्ने भन्दै उनले राजीनामा दिएकी थिइन् । समानुपातिकतर्फबाट सांसद बनेकी श्रेष्ठ प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री बनेकी थिइन् ।
हालै सुशीला कार्की नेतृत्वमा नयाँ क्याबिनेट गठनको चर्चा चल्दा श्रेष्ठलाई पनि मन्त्री बन्ने सम्भावनासहितको हल्ला रास्वपाभित्रै उठेको थियो । तर उनले आफू त्यस दौडमा नरहेको स्पष्ट पारेकी थिइन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी श्रेष्ठ प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा समेत सहभागी भएकी थिइन् ।









नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया