मालपोत कास्कीको सेवा अनिश्चत
समाधान संवाददाता
२०८२ भदौ २९ गते १५:१६

पोखरा ।
मालपोत कार्यालय कास्कीको सेवा कहिले सुचारु हुने हो भन्ने अझै अनिश्चित बनेको छ।
कार्यालयले सूचना जारी गर्दै २४ भदौमा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण मोटर, कम्प्युटर, रोखा, फोटोकपी मेसिनसहितका उपकरणमा क्षति पुगेकाले सम्पूर्ण सेवा रोकिएको जनाएको छ।
सूचनामा भनिएको छ, आवश्यक मर्मत र तयारी सम्पन्न नभएसम्म सेवा पुनः सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना नआएसम्म सेवाग्राहीले सेवा पाउने छैनन्।
कार्यालय प्रमुख शोभाकर पोखरेलले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै समस्या समाधान भएपछि मात्रै सेवा सुचारु हुने स्पष्ट पारेका छन्।

सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया