जेन–जी आन्दोलनमा ध्वस्त बनेको जिल्ला प्रहरी कार्यालयलाई लायन्स क्लब अफ पोखराद्वारा सहयोग

पोखरा ।
हालैको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले लगाएको आगलागीबाट जिल्ला प्रहरी कार्यालय पोखरा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विभिन्न संघ–संस्थाबाट सहयोग आइपर्ने क्रम बढेको छ । यसै क्रममा लायन्स क्लब अफ पोखराले करिब रु एक लाख बराबरका किचन सामग्रीहरू हस्तान्तरण गर्दै प्रहरी प्रशासनलाई सहयोग गरेको छ ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बाँस्तोला रहेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र नकर्मीले अहिलेको विषम परिस्थितिमा सबै निकाय र समुदायले हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै लायन्स क्लबले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल नारालाई आत्मसात गर्दै विपद्को घडीमा सामाजिक उत्तरदायित्व स्वरूप सहयोग गरेको बताए ।
यस्तै, मल्टिपल कोअर्डिनेटर लायन योगेन्द्र प्रधानले प्रहरी प्रशासन देशको कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय भएकाले यस्तो संस्थामाथि परेको विपत्तिको बेला गरिएको सानो सहयोगले पनि मनोबल बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका संयोजक दिपेन्द्र कोइरालाले यस्ता सहयोगी गतिविधिहरूले आपसी विश्वास र सहकार्यलाई मजबुत पार्ने मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय ध्वस्त भएपछि दैनिक प्रशासनिक कामकाज प्रभावित भइरहेका बेला विभिन्न सहयोगी निकायहरूको यस्तो सहयोगले तत्कालीन आवश्यकता पूरा गर्न र सेवामा सहजता ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।









सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया