जेन–जी आन्दोलनमा ध्वस्त बनेको जिल्ला प्रहरी कार्यालयलाई लायन्स क्लब अफ पोखराद्वारा सहयोग

पोखरा ।
हालैको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले लगाएको आगलागीबाट जिल्ला प्रहरी कार्यालय पोखरा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विभिन्न संघ–संस्थाबाट सहयोग आइपर्ने क्रम बढेको छ । यसै क्रममा लायन्स क्लब अफ पोखराले करिब रु एक लाख बराबरका किचन सामग्रीहरू हस्तान्तरण गर्दै प्रहरी प्रशासनलाई सहयोग गरेको छ ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बाँस्तोला रहेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र नकर्मीले अहिलेको विषम परिस्थितिमा सबै निकाय र समुदायले हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै लायन्स क्लबले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल नारालाई आत्मसात गर्दै विपद्को घडीमा सामाजिक उत्तरदायित्व स्वरूप सहयोग गरेको बताए ।
यस्तै, मल्टिपल कोअर्डिनेटर लायन योगेन्द्र प्रधानले प्रहरी प्रशासन देशको कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय भएकाले यस्तो संस्थामाथि परेको विपत्तिको बेला गरिएको सानो सहयोगले पनि मनोबल बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका संयोजक दिपेन्द्र कोइरालाले यस्ता सहयोगी गतिविधिहरूले आपसी विश्वास र सहकार्यलाई मजबुत पार्ने मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय ध्वस्त भएपछि दैनिक प्रशासनिक कामकाज प्रभावित भइरहेका बेला विभिन्न सहयोगी निकायहरूको यस्तो सहयोगले तत्कालीन आवश्यकता पूरा गर्न र सेवामा सहजता ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया