फागुन २१ को चुनावमा भोट हाल्न नाम लेखाउन पाइन्छ कि पाइँदैन ?

पोखरा ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेपछि अब त्यो चुनावमा भोट हाल्न मतदाता नामावलीमा नाम लेखाउन पाइन्छ कि पाइँदैन भन्ने चासो युवायुवतीमा बढेको छ ।
१८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरू चुनावमा भोट दिन योग्य हुन्छन् ।
कसैले १६ वर्षमै नागरिकता बनाएको र त्यस बेलै मतदाता नामावलीमा नाम लेखाइसकेको भए पनि चुनाव हुनुअघि १८ वर्ष पुगेका खण्डमा उसले मतदान गर्न पाउँछ ।
भदौ २३ र २४ मा भएको आन्दोलनपछि जेन–जी समूहको प्रस्तावअनुसार पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएर कार्यभार सम्हालिसकेकी छन् ।
प्रधानमन्त्री नियुक्ति भई शपथ लिएपछि उनले राष्ट्रपति भवन शीतल निवासमै मन्त्रिपरिषद बैठक गरी प्रतिनिधि सभा विघटन र फागुन २१ मा चुनाव गर्ने मिति सिफारिस गरेकी थिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन र चुनाव मिति अनुमोदन गरिसकेका छन् भने चुनावलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
फागुन २१ गते हुने चुनावका लागि अब मतदाता नामावलीमा नाम लेखाउन मिल्छ कि मिल्दैन भन्ने विषय युवायुवतीका लागि चासोको विषय बनेको छ ।
निर्वाचन आयोगसँग प्राप्त जानकारी अनुसार सहसचिव नीता पोखरेल अर्यालले भनेकी छन् कि निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम समावेश गर्न नपाउने व्यवस्था छ ।
तर यसपटक दुई दिने आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेर प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा भएको अवस्थामा विशेष परिस्थिति देखिएको छ ।
निर्वाचन आयोगका एक पदाधिकारीले भने, ‘अहिले मुलुकमा विशेष परिस्थिति छ, अपरझट चुनाव घोषणा भएको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन केही समय दिने कि नदिने भन्ने विषयमा आयोगमा छलफल भइरहेको छ । आयुक्तहरूबीच छलफलपछि यसबारे निर्णय आउला ।’
मतदाता नियमावली ऐन २०६३ को दफा ४ को २ को २ अनुसार निर्वाचन मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था छ ।
तर सरकारले चाहेमा यो नियम हटाउन राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन सक्छ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया