अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण उत्पन्न भएको आर्थिक तथा सामाजिक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। आन्दोलनका असरले अटोमोबाइल उद्योग मात्र नभई समग्र व्यापार, रोजगारी र लगानी वातावरणमै नकारात्मक प्रभाव पारेको नाडाको ठहर छ।
संघले प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, मुलुकको अस्थिरताले उपभोक्ता विश्वासमा दीर्घकालीन असर पार्ने भन्दै यसले रोजगारी र उद्योग विकासलाई थप चुनौतीमा पार्ने चेतावनी दिएको छ।
अटोमोबाइल क्षेत्रलाई उद्योग र रोजगारीको आधारशिला मान्दै नाडाले कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। जटिल समस्या समाधानको बाटो शान्तिपूर्ण संवाद र सहमति मात्रै भएको भन्दै संघले सरकारलाई अटोमोबाइल व्यवसायलाई शीघ्र सामान्य अवस्थामा फर्काउन आवश्यक पहल र सहजीकरण गर्न आग्रह गरेको छ।
नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र सम्पूर्ण अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। साथै, नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक अवसरमा शुभकामना दिँदै मुलुक स्थायित्व र आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास समेत प्रकट गरेको छ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया