आन्दोलनमा चोरी भएका सामान फिर्ता गर्न गण्डकी प्रदेश सरकारको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालैको आन्दोलनका क्रममा चोरी वा हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबाट सवारी साधन, टिभी, कम्प्युटर सेट, ल्यापटप, स्क्यानर, क्यामेरा, प्रिन्टर, फर्निचरलगायतका सामग्री हराएका वा चोरी भएको प्रदेश सरकारको भनाइ छ।
उपसचिव प्रविण ढकालद्वारा जारी विज्ञप्तिमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सीसीटीभी फुटेज र अन्य भिडियो विश्लेषण भइरहेको जनाइएको छ। “यदि कसैले यस्ता सामान लिएको वा प्राप्त गरेको भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा इमान्दारीपूर्वक बुझाइदिनुहोस्,” सूचनामा भनिएको छ।
सरकारले सामान फिर्ता गर्ने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट गर्दै, नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।










निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया