तोडफोड र आगजनीको भिडियो सार्वजनिक गरेपछि ‘समाधान’लाई धम्की

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका दृश्य सार्वजनिक गर्न थालेपछि समाधान दैनिकलाई धम्की दिइएको छ ।
गत भदौ २३ गते आन्दोलनकै क्रममा सरकारी तथा निजी सम्पत्तिमा गरिएको आक्रमणको भिडियो समाधानले फेसबुकमार्फत सार्वजनिक गर्दै आएको थियो । ती दृश्य सार्वजनिक भएपछि राजेन्द्र अधिकारीले फेसबुकबाट धम्की दिएका हुन् ।
समाधान मिडिया प्रालिको फेसबुक पेज समाधानन्यूजबाट आइतबार दिउँसोदेखि तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको अनुहारसमेत देखिने खालका भिडियोहरु अपलोड भैरहेका छन् । ती भिडियोले ध्वंशकारीहरुको पर्दाफास गरिरहेको छ । संलग्न रहेका व्यक्ति र समुहहरुको पहिचान खुल्दैछ ।
मिडियाले सार्वजनिक रुपमै त्यस्ता भिडियोहरु पठाउन सर्वसाधारणलाई आग्रह गरेअनुसार भिडियोहरु प्राप्त भैरहेका छन् ।
यी भिडियोबाट अपराधीहरुको अनुहार उदाङ्गो हुनथालेपछि समाधानलाई धम्की दिइएको छ । धम्की दिने अधिकारीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘एमालेको मुखपत्र समाधान दैनिक आफैं ठगीमा संलग्न छ । ठगीको आफ्नो साम्राज्य बचाउन जुन हर्कत गर्दैछ, आत्मघाती नहोस् ।’

यो यति मात्र होइन, अधिकारीले यसअघि पनि प्रमाणबिना पटक–पटक समाचार र फेसबुक स्टाटसमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । उनको स्टाटसलाई भिडिओ हटाउन गरिएको धम्कीका रूपमा समाधानले बुझेको छ। यस्ता धम्कीबाट नडराई समाधानले थप भिडिओ सार्वजनिक गर्दै जाने प्रतिवद्धता व्यक्त गर्छ । साथै, यस्ता थप भिडिओहरू उपलब्ध गराउन आम सर्वसाधारणलाई आग्रह गरेको छ।









गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया