विध्वंसको छानबिन गर्न पोखरा चेम्बर अफ कमर्सको माग

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले हालै जेनजीका युवाको प्रदर्शनका क्रममा भएको निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानबिन माग गरेको छ । चेम्बरले यी घटनाले औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर असर पु¥याएको भन्दै सरोकारवालालाई संयम अपनाउन र संवादबाट निकास खोज्न आग्रह गरेको छ ।
चेम्बर कास्की अध्यक्ष उमराज बास्तोलाले आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई शान्तिपूर्ण समाधानका लागि आह्वान गरेका छन् । ‘आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’
विज्ञप्तिमा संक्रमण काल लामो समयसम्म कायम रहे अराजकता फैलन सक्ने सम्भावना औंल्याइएको छ । व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन तथा आफ्नो व्यवसायको सुरक्षा प्रबन्धमा सचेत रहनसमत आग्रह गरिएको छ ।
चेम्बरले निजी क्षेत्र र व्यावसायिक प्रतिष्ठानमाथिको आक्रमणले व्यक्तिको सम्पत्ति अधिकारको हननमात्र नभई कर तिर्ने समूहलाई निराश तुल्याउने र युवालाई रोजगारीको अवसरबाट वञ्चित गराउने टिप्पणी गरेको छ । यस्ता घटनाले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया