१७ वर्षीय अनिश : जसलाई जेनजी आन्दोलनमा प्रहरीको प्रहारले जीवनभर नमेटिने घाउ दियो

पोखरा ।
मार्च ८ मा ‘जेनजी आन्दोलन’ भनेर सामाजिक सञ्जाल तातिरहेको थियो । देशभरिका जेनजी युवा आन्दोलनमा होमिएका थिए । पोखराका १७ वर्षिय अनिस सापकोटा पनि आन्दोलनमा गए । मार्च ९ (भदौ २४) गते १२ बजेतिर घरबाट आन्दोलनका लागि निस्किँदा उनकी आमाले उनलाई रोक्ने प्रयत्न गरेकी थिइन् । नजा है छोरा भन्ने आमाको आग्रहलाई अनिसले सुनेनन् ।
देशमा जताततै फैलिएको भ्रष्टाचारले उनलाई घरमै बस्न दिएन । अनिस दिउँसो पोखरा महानगरपालिकाको कार्यालय अगाडि पुगे । उनी महानगर पुग्दा उनका उमेर समूहका साथीहरु जम्मा भइसकेका थिए । अघिल्लो दिनको हिँडाइ खुट्टाले दुखे पनि त्यसको बेवास्ता गर्दै उनी आन्दोलनमा होमिए । १२ः२९ बजे उनलाई प्रहरीले प्रहार गरेको अँश्रुयास उनको अनुहारमा बज्रिन पुग्यो ।
‘अँश्रुग्यासले आँखा पिरो भइरहेको थियो । एक्कासि कसरी अँश्रुग्यास लाग्यो । म अर्धबेहोस भएछु । घाइते भएर सडकमा ढलेछु । गण्डकी मेडिकल कलेजका डाक्टरले देखेर अस्पताल ल्याउनुभएछ,’ उनले भने ।
अनिसको दायाँपट्टि नाक र गाला भाँचिएको छ । अहिले नाकमा डन्डी राखिएको छ भने गालामा जाली । चार दिनसम्म आइसियुमा राखेर उपचार भएपछि अहिले वार्डमा वेड नम्बर ७ मा राखेर उनको उपचार भइरहेको उनकी आमा अम्बिका सापकोटोले जानकारी दिइन् । अस्पतालमा अनिसको निशुल्क उपचार भइरहेको आमा अम्बिकाले बताइन् । उनको अवस्थामा क्रमश सुधार आएको छ भने उनी अहिले बोल्न सक्ने भएका छन् । जाउलो खान सक्ने भएका छन् । ४/५ दिनमा डिस्चार्ज गरिने अम्बिकाको भनाइ छ ।
‘सामाजिक सञ्जालमा जेनजी आन्दोलनका बारेमा थाह पाएको थिए । भ्रष्टाचारविरूद्ध बोल्नुपर्छ भनेर साथीहरुसँग अनिस सडकमा आए,’ अनिसले भने, ‘देशमा भइरहेको भ्रष्टाचारविरूद्ध बोल्नुपर्छ भन्ने लाग्थ्यो । एकछिन भए पनि साथीहरुलाई साथ दिन्छु भन्ने सोचेर आन्दोलनमा मिसिन आएको थिए ।’
अनिस लेखनाथमा रहेको जुनियर सिटिजन एकेडेमिमा कक्षा १२ मा अध्ययनरत छन् । पढाईमा अब्बल उनी एसइईको परिक्षामा ए प्लस ल्याएर उत्तिर्ण भएका थिए । त्यसैले उनले प्लस टु का लागि छात्रवृत्ति पाएका छन् । उनका एक दाइ अनुप र एक भाइ निखिल छन् ।
अनिसको १२ पछि विदेश जाने सपना छ । विदेसमा पैसा कमाएर फर्किएर देशमै व्यवसाय गर्ने उनले बताए । भ्रष्टाचारविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएपनि अनिसको हिम्मत कम भएको छैन । अनिसले अस्पतालको वेडबाट भने, ‘देशमा रहेको वेथीति हटाइनुपर्छ । भ्रष्टचार अन्त्य गरेर रोजगारीको सृजना गर्नुपर्छ । युवा पलायन रोक्नुपर्छ । देशमा परिवर्तन ल्याउन पछि हट्नेछैन ।’
अनिसका बुवा छैनन् । उनका बुवा भारतीय हुन् । बुवाले उनको परिवारलाई १५ वर्ष अघि छोडेर बेपत्ता भएका थिए । त्यसपछि उनकी आमाले एक्लै ४ जनाको परिवार पाल्दै आएकी छन् । अम्बिकाले शान्तिवनस्थित तरकारी तथा फलफूल बजारमा तरकारी पसल सञ्चालन गरेकी छन् । त्यसैबाट घर खर्च र छोराहरुको पढाइ खर्च जुटाउने उनले बताइन् ।
उनलाई घरखर्च कसरी धान्ने भन्ने पिर छ । सिजनको बेला व्यापार छोडेर छोरा कुरेर अस्पतालमा बस्न परेको उनले पीडा व्यक्त गरिन् । ‘चाडवाड नजिक आएको छ । यस्तो बेलामा चाडवाडको खुसि पनि छैन, चाड तार्ने चिन्ता थपिएको छ । सबैको घरमा चाडले हर्ष ल्याउँछ, हाम्रो दुख लिएर आएको छ । आर्थिकका साथै मानसिक रुपमा पनि थकित भएकी छु,’ उनले मन भारी बनाउँदै भनिन् ।
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर १८ वर्षीय विद्यार्थी विवश घर्ती मगर पनि घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया