पोखराको वडा १० सरसफाइ, भोलिबाट सेवा
समाधान संवाददाता
२०८२ भदौ ३० गते १७:२३

पोखरा ।
जेन जी आन्दोलनको दोस्रो दिन विध्वंसकारीहरुले आक्रमण गरी तोडफोड र आगजनी गरेको पोखरा महानगरपालिका वडा नम्बर १० को कार्यालय सोमबार सरसफाइ गरिएको छ । जनप्रतिनिधिहरु, दलका कार्यकर्ता र स्थानीय समाजसेवीले आइतबार वडा कार्यालय सफा गरी सेवाका लागि तयार गरेको वडा सदस्र्य पूर्णचन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उच्छृंखलहरुले वडाध्यक्ष राजेश गुरुङको कार्यकक्ष तोडफोडका साथै कुर्ची, टेबुल भाँच्ने र आगो लगाउने काम गरेका थिए । वडाका सामानहरु बाहिर निकालेर जलाएका थिए । आइतबार, जनप्रतिनिधि लगायतले काम लाग्ने सामान जतन गर्नुका साथै, सोमबार कम्प्युटर, नेट र बिजुलीसमेत जडान गरी जनताको सेवाका लागि कार्यालय तयार पारेको न्यौपानले जनाए । ‘मंगलबारबाट हामी सेवा दिन तयार भएका छौं,’ उनले भने ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया