आगजनीमा संलग्न रास्वपा पोखरा १० का सभापतिमाथि पार्टीको कारबाही

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्कीका २ वडा सभापतिलाई निलम्बन गरेको छ । समाधान दैनिकले आइतबारदेखि जेन जी आन्दोलनका नाममा भएको ध्वंस क्रियाकलापको पर्दाफास गरेको थियो ।
तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापाको ध्वंस गतिविधि संलग्न भएको प्रमाण समाधानले आइतबार फेसबुक पेजमा अपलोड गरेको थियो । उनले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड र आगजनी गरेको भिडिओमा प्रष्ट देखिन्छ । थापाले कास्कीका अन्य सरकारी संरचना पनि तोडफोड गरेको भिडिओ सार्वजनिक भएको छ ।
भिडिओ सार्वजनिक भएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले उनलाई कारबाही गरेको हो । उनीसँगै कास्कीको मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको छ ।
थापा र पौडेल विभिन्न तोडफोड र आगजानीमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएको थियो । उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । रास्वपा मादीका पौडेलले पोखरा १३ स्थित सिँचाइ कार्यालय र पूर्व प्रदेश सांसद वेदबहादुर गुरुङको निजी घर तोडफोड गरेको भिडिओ सार्वजनिक भएको छ ।







टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया