काभ्रेभीर पहिरोले सकस

जोमसोम ।
आइतबार बिहानदेखि अवरुद्ध बेनी जोमसोम सडक अझै सञ्चालनमा आउन सकिरहेको छैन । म्याग्दी र मुस्ताङको सिमावर्ती क्षेत्र थासाङ गाउँपालिका ४ काभ्रेभीरमा सडक माथिबाट सुख्खा पहिरो खस्दा पूर्ण रुपमा सडक अवरुद्ध बनेको हो ।
त्यहाँको काभे्रभीर सडकमा सुख्खा पहिरोसँगै ठूल्ठूला ढुंगा खसेपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सम्पर्क विच्छेद हुन पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । ‘सडकमा डोजरले पन्छाउनै नसिकिने खालका ढुंगाहरु छन्, ब्रेकर लगाएर फुटाल्ने प्रयास पनि भयो, तर सकिएन,’ भुसालले भने, ‘आइतबार दिनभर सडक खुलाउन प्रयास सफल भएन, सोमबार पनि बिस्पोटक पदार्थ प्रयोग गरी ढुंगा पन्छाउने प्रयास भइरहेको छ ।’
बेनी—जोमसोम सडक खण्ड अन्तर्गत काभे्रभीर सडकमा रहेको ढुंगा फोरेर सडक सुचारु गराउन जोमसोमको ईन्द्रबक्स गणबाट बम बिस्फोटक टोली त्यहाँ खटिएको छ । थासाङ ४ का वडाध्यक्ष नरेन्द्र शेरचनले अवरुद्ध काभे्रभीर सडक खुलाउन पहल भइरहेको जनाए ।
बेनी जोमसोम सडकको काभ्रेभीरमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ ढुवानीमा समस्या परेको छ । मुस्ताङमा सबै प्रकारका स्याउको बजारीकरण गर्न भदौ २५ गतेदेखि जिल्ला स्तरीय समन्वय बैठकले अनुमति दिएको थियो । आसन्न दसैलाई लक्षित गरी धमाधम यहाँका स्याउ ढुवानी गरी बजार पुर्याउने बेला सडक अवरुद्ध हुँदा स्याउ व्यापारीहरु समस्यामा परेका छन् ।
चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङले बेनी जोमसोम सडक अवरुद्ध हुँदा स्याउ ढुवानीमा समस्या परेको जनाए । ‘यहाँबाट स्याउ ढुवानी गरी काठमाडौं पुर्याउनुपर्ने स्याउ आइतबारदेखि बीच बाटोमै अलपत्र परेको छ,’ उनले भने ।
स्रोह्र श्राद्ध तिथिमा दिवंगत पितृहरुको श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङ आउने तीर्थालु तथा पर्यटकसमेत रोकिएका छन् । सडक अवरुद्धका हुँदा गाडी अदलबदल गरी गन्तव्यमा जान बाध्य रहेको बेनी जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिह शेरचनले जानकारी दिए ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया