पृथ्वीचोकमा पुनस्र्थापित गरियो लखन थापाको शालिक

समाधान संवाददाता २०८२ भदौ ३१ गते ११:३७
फाइल फोटो

पोखरा ।
जेन जी आन्दोलनका क्रममा भदौ २३ गते पोखराको मुख्य चोकमा रहेको प्रथम सहिद लखन थापा मगरको शालिक भत्काइएर त्यहाँ पृथ्वीनारायण शाहको शालिक राखियो । तर, पाँच दिनपछि आइतबार पुनः लखनकै शालिक त्यही स्थानमा पुनःस्थापना गरिएको छ ।

Advertisement


जेन–जी आन्दोलनले पोखराका सरकारी तथा निजी भवनमाथि आगजानी र तोडफोड गरिएको थियो । त्यसैको छेकोमा पृथ्वीचोकमा राखिएको लखन थापाको शालिक डोजर लगाएर भत्काइएको थियो । रास्वपाका अभिमन्यु पाण्डे लगायतले शालिक भत्काएका थिए ।


उनीहरुले त्यसै दिन पृथ्वीनारायण शाहको प्रतिमूर्ति पुनः स्थापना गरेका थिए । यसअघि यो चोकमा पृथ्वीनाराण शाहकै शालिक थियो । भदौ २४ गते सरकारी निकायका कार्यालय, अदालत र प्रहरीका संरचना मात्र होइन, विभिन्न सार्वजनिक सम्पत्तिमा समेत आगजनी र तोडफोड भयो । यही क्रममा मुख्य चोकमा रहेको लखन थापाको शालिक भत्काइएको थियो ।

Advertisement


२०५२ सालमा स्थापित लखन थापाको शालिकलाई तोडिएको भन्दै विभिन्न दल र समुदायले आलोचना गरेका थिए । नागरिक समाज, मगर संघ, संस्था र अधिकारकर्मीले शालिक भत्काइएको घटना सहिदको अपमान भएको भन्दै विरोध जनाएका थिए ।
स्थानीय प्रशासन र सरोकारवालाको छलफलपछि फेरि आइतबार बिहानै लखन थापाको शालिक पुनःस्थापना गरिएको हो । पुनःस्थापना प्रक्रियामा महानगरपालिकाका प्राविधिक, स्थानीय युवा र सुरक्षाकर्मीको सहयोग लिइएको थियो ।


शालिक पुनःस्थापनासँगै चोकमा सुरक्षा कडाइ गरिएको छ । प्रहरीले सम्भावित विवाद रोक्न सतर्कता बढाएको हो । लखन थापामगरलाई नेपालमा पहिलो सहिदका रूपमा मानिन्छ । विसं १८७७ सालमा वसन्तपुर दरबारको अगाडि उनलाई फाँसी दिइएको थियो । ब्रिटिस उपनिवेशवाद र राणा शासनविरुद्ध आवाज उठाएका कारण उनको हत्या गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया