पोखरा १२ काे पूननिर्माण संयोजकमा टिकाबहादुर

पोखरा ।
जेन-जि आन्दोलनका कारण सार्वजनिक सेवा प्रवाहमा गम्भीर अवरोध ल्याएपछि वडा नं १२ ले आपतकालीन पुननिर्माण योजना अगाडि सारेको छ ।
टोल विकास संस्था, आमा समूह, क्लब, स्थानीय समाजसेवी तथा संघ-संस्थाको भेलाले वडास्तरीय पुनर्निर्माण मूल समितिको संयोजकमा समाजसेवी टिकाबहादुर कार्की चयन भएका छन् ।
गत साता भएको जेन-जि आन्दोलनका क्रममा कार्यालयमा भीषण तोडफोड र आगजनी हुँदा सम्पूर्ण अभिलेख, कम्प्युटर, फर्निचर र उपकरण जलेर नष्ट भएकाे वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । भवनका झ्यालढोका, सिसा र पर्खालमा क्षति पुगेको छ । स्वास्थ्य केन्द्र र सडक संरचनाहरु पनि आंशिकरूपमा क्षतिग्रस्त भएका उनकाे भनाइ छ ।
‘हामीले प्राथमिकता अनुसार मर्मत सुरु गर्ने छौं । वडा कार्यालय सञ्चालनमा ल्याउने पहिलो लक्ष्य हो । मूल समितिसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं,’ उनले भने ।
पुननिर्माण समितिको सचिवमा पूर्ण गुरुङ, कोषाध्यक्षमा लक्ष्मी कोइराला र सदस्यमा डा अनिल सुवेदी, मिन गुरुङ, दानबहादुर बस्नेत र विर बहादुर थापा छन् ।
स्थानीय बासिन्दा सुशील केसीले आफ्नो वडा आफैं बनाउनुपर्छ भनेर जुटेका बताए । यसका लागि राज्य, स्थानीयकाे सहयाेग चाहिने उनले बताए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया