
जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ स्थित कोरलानाकाबाट एक सय बढी चाईनिज ईलेक्ट्रोनिक (ईभी) गाडी भित्रिएका छन् । भन्सार विभागको प्रक्रिया पुर्याई चिनबाट आयात गरिएका उक्त ईभी गाडीहरु अहिले मुस्ताङ भन्सार कार्यालयको न्हेचुङ स्थित बाहिरी परिसरमा राखिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव पाँच सय बढी बीवाईडी कम्पनीबाट बनेका ईभी गाडी भित्रिने अनुमान गरेको छ । आठ दिन अघि मात्रै पूर्ण रुपमा खुल्ला गरिएको कोरलानाकाबाट हालसम्म एक सय बढी चाईनिज गाडीहरु भित्रिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले कोरलानाकाबाट चाईनिज ईभी गाडीहरु भन्सार कार्यालय न्हेचुङमा आईपुगेको बताए ।
यसअघि उक्त चाईनिज ईभी गाडीहरु रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्र्याउने तयारी थियो । तर, त्यहाँको नाकामा बाढी पहिरोका कारण त्यहाँको नाका अवरुद्ध बनेपछि यहाँको कोरलानाका बैकल्पिक रुपमा प्रयोग गरी नेपाल भित्र्याईएको प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गरे ।
‘भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट पाँच सय बढी ईभी गाडी ल्याउने जनाईएको छ,अरु गाडीहरु चाईनाबाट कोरला स्थित चाईनिज भन्सार कार्यालयमा आउने क्रममा छ ,’ प्रमुख जिल्ला अधिकारी भुसालले भने,‘ त्यहाँको चाईनिज भन्सारमा जाँचपास भएपनि नेपाल भित्रिने र नेपाली भन्सारले मालवस्तुको जाँचपास गरिन्छ ।’
चाईनाबाट नेपाल भित्रिएका ईभी गाडीका लागि चार्जिङ स्टेशनको समस्या परेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङ भन्सार कार्यालय रहेको स्थानमा थ्रिफेस विद्युत लाईन नभएको र चार्जिङ स्टेशन पनि नभएकाले चलाएर गन्तब्यसम्म लैजान समस्या परेको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।
यसैगरी बैकल्पिक रुपमा प्रयोगमा ल्याईएको यहाँको कोरलानाकाबाट चाईनिज ईभी गाडीसहित दसै पर्वका लागि लक्षित गरी लत्ता कपडा,ईलेक्टोनिक सामान र कस्मेटिक सामानहरु भित्रिने तयारीमा रहेको छ । कोरला स्थित चाईनिज भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला खालका मालवाहक कन्टेनर पनि न्हेचुङमा आईपुगेका छन् ।
कोरलानाकामा चिनिया मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटासम्म मझौला कन्टेनरहरु बेनी—जोमसोम—कोरला सडक हुँदै कोरलानाकामा जम्मा भएको भन्सार प्रमुख खड्काले बताए । भन्सार विभागमा अनलाईन राजश्व भुक्तानी गरी त्यहाँको कोरलानाका हुँदै नेपाल भित्रिने मालवस्तुहरुको भन्सारले जाँचपास गरी गन्तब्यसम्म लैजान भन्सार कार्यालयले शिलबन्दी गरी वैधता प्रदान गर्ने भन्सार प्रमुख खड्को भनाइ छ ।
कोरलानाकालाई ब्यापारिक मार्गको रुपमा विस्तार गर्न विभागले नेपाल बैंकको समन्वयमा लोमान्थाङ स्थित प्रभु बैंकलाई राजश्व दाखिला गर्ने अनुमति प्रदान गरिसकेको जनाईएको छ । विभागले कोरलानाकामा चाईनिज मालवस्तु ढुवानीका लागि एमएसटी ( शून्य वान) एक्जिम कोर्ड अनिवार्य गराएको छ ।
भन्सार कार्यालय र बिभागको अनलाईन सफ्टवेयरमा मार्फत राजश्व दाखिला गरेपछि मात्रै चिनिया मालवस्तु नेपालतर्फ आयात गर्न पाईनेछ । यसैगरी सिमाक्षेत्रमा वारपार गर्ने यात्रुहरुको लागि एमएसटी (शुन्य टु)को फाराम भरेपछि मात्रै नेपाली दश हजार रुपैया सम्मको मालवस्तु आयात गर्न पाईने प्रावधान रहेको भन्सार प्रमुख खड्काले जनाए ।
कोरलानाकाबाट आयात हुने मालवस्तु र ढुवानीका साधनलाई सुरक्षा र आवश्यक चेकजाँच गर्ने राजश्व चुहावट लगायतका कार्यहरुलाई नियन्त्रण गर्न आपसी सहयोग आदानप्रदान र सहजीकरण गर्ने निर्णय गरिएको छ । यहाँको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा बसेको जिल्ला राजश्व चुहावत नियन्त्रण समन्वय समितिले भन्सार कार्यालयलाई व्यवस्थित तुल्याउन ८ बुँदे निर्णय समेत गरिसकेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया